०६ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०८, २०७८

जनकपुरधाम – नेपाल पेट्रोलियम डिलर्स एशोसिएन,नेपाल एल.पी ग्यास उद्योग संघ तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले थालेको आन्दोलनमा जनकपुर अंचल पेट्रोलियम ढुवानी संघले पनि ऐक्यवद्धता जनाएको छ ।

पेट्रोलियम पदार्थसंग आवद्ध विभिन्न संघ संगठनहरुले ६ सूत्रीय माग अघि सारी आन्दोलनका कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ । नेपालमा पेट्रोलियम पदार्थ ऐन नहुँदा तत्काल ऐन निर्माण गर्नु पर्ने, निगमको एल.पी.ग्याँस विनियमावली, विक्रेता विनियमावली तथा ढुवानी नियमावली सम्बन्धित व्यवसायी सस्थाको प्रतिनिधि सहितको सहभागितामा परिमार्जन तथा संशोधन गर्नु पर्ने , नेपाल आयल निगम तथा निगम संग सम्बन्धित निजी पेट्रोलियम व्यवसायिक प्रतिष्ठानको कारोबार अहिले र भविष्यमा गर्नु पर्ने सुधार तथा योजनाको सम्बन्धमा संस्थाका प्रतिनिधिहरु सहित आवश्यक विज्ञहरु संलग्न गराइ अध्ययन प्रतिवेदन तयार पारी कार्यान्वयनको लागि सरोकारवाला निकायमा पेश गर्नु पर्ने लगायतको माग अघि सारेको छ । त्यसैगरी जारी गरिएको प्रेस विज्ञप्तिमा नेपाल सरकारले यातायात क्षेत्रमा लागु गरेको वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा समेत ढुवानी भाडादर लागु गर्न निगमद्वारा गठित अध्ययन समितिको प्रतिवेदन अनुसारको ढुवानी भाडा यथाशीघ्र लागु गर्नु पर्ने ,पेट्रोलियम विक्रेताले प्रतिशतमा पाउँदै आएको कमिशन २०७८ साल फागुन १९ गतेबाट स्थगन गरिएकोमा सोही समितिबाट लागु हुने गरी साबिकको व्यवस्था अनुसार नै गर्नुपर्ने माग गरिएको छ ।

फागुन १८ गतेबाट स्थगन गरिएको विक्रेताहरुले पाउनु पर्ने प्राविधिक नोक्सानी सम्बन्धमा नापतौल तथा गुणस्तर विभागका महानिर्देशकको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन अनुसार लागु गर्नुपर्ने तथा एल.पी ग्यास ढुवानी गर्ने बाह्य तथा आन्तरिक ढुवानी साधानको भाडाको लागि डिजेलको मूल्य अत्याधिक वृद्धि भए पनि हाल सम्मम भाडा समायोजन नभएकोले तत्काल ढुवानी भन्दा समायोजन गर्नु पर्ने र साथै आगामी दिनमा डिजेलको मूल्य अनुपातमा बढ्दा र घट्दा घट्ने गरी स्वचालित ढुवानी भाडा कायम गर्नु पर्ने व्यवस्था गर्न माग अघि सारिएको छ । विभिन्न संघ संगठनहरुले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम अनुसार चैत पाँच गतेदेखि १५ गते सम्म स्थानीय स्तरका पेट्रोलियम व्यवसायीहरु स्थानीय एशोसिएन,ढुवानी संघ तथा ग्यास उद्योग संघका स्थानीय प्रतिनिधिहरुबाट स्थानीय स्तरमा आन्दोलन समिति गठन गर्ने र उपभोक्ता ,पत्रकार ,स्थानीय प्रशासन ,मजदूर संघ संस्थाहरु लगायतका सरोकारवालाहरुसंग अन्तरक्रिया गरी आन्दोलनबारे प्रचार प्रसार गर्ने ,आगामी चैत ६गतेदेखि सम्पूर्ण एल.पी.ग्याँस उद्योगहरुले नेपाल आयल निगमबाट पीडीओ खरिद नगर्ने जनाइएको छ ।

चैत १० गतेदेखि उद्योगहरुले भारतका सबै रिफाईनरीबाट ग्यास लोड गर्न बन्द गर्ने , चैत १४ गतेबाट उद्योगहरुले सबै नाकाहरुबाट दभन्सार छुटाउने कार्य नगर्ने ,१६ गतेदेखि देशभरिका पेट्रोलियम पदार्थ ढुवानी टैंकरहरुले पिडिओ नलिने,१८ गतेदेखि टैंकरहरुले लोडिंग अनलोडिंग बन्द गर्ने तथा बिक्रेताहरुले निगमको डिपोबाट पेट्रोलियम पदार्थको खरिद गर्ने कार्य बन्द गर्ने सहितका कार्यक्रम रहेको छ । मागहरुमाथि सरकार सम्बन्धित पक्ष गंभीर नभए कडा आन्दोलनको चेतावनी समेत दिइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]