११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०९, २०७८

काठमाडौं – आतंकवादी समूह तहरीक–ए–तालिबानले भारतको राजधानी दिल्लीमा विष्फोट गराउने चेतावनी दिएको छ । तालिबानको इन्डिया सेलले ई–मेलमार्फत विष्फोट गर्ने चेतावनी दिएको हो ।

दिल्ली पुलिसका स्पेशल सेलका एक अधिकृतलाई उधृत गर्दै भारतीय संचारमाध्यमहरुले विष्फोट गराउने धम्कीयुक्त ई–मेल आएको जनाएका हुन् ।

ई–मेलमा दिल्लीमा विष्फोट गराउने कुरा गरिएको छ । योसँगै दिल्लीमा आतंकवादी खतरा देखिएको छ । धम्कीपछि दिल्लीमा उच्चतहको सुरक्षा सतर्कता अपनाइएको छ ।

दिल्ली पुलिसले मंगलबार राति सरोजनी मार्केटसमेत कयौं बजारमा सर्च अपरेशन चलाएको थियो ।

रोजिनी नगर मिनी मार्केट ट्रेडर्स एसोसिएसनका अध्यक्ष अशोक रन्वावाले सुरक्षाका कारण आज बजार बन्द हुने जनाएका छन् ।

उनले भने, ‘खतरालाई मध्यनजर गर्दैै दिल्ली पुलिसले बजार बन्द गराउने आदेश दिएको छ ।’

दिल्लीसँगै उत्तरप्रदेशमा पनि सुरक्षा सतर्कता जारी गरिएको छ । दिल्ली पुलिसका अनुसार उक्त मेल गर्ने संदिग्ध तहरीक–ए–तालिबान इन्डिया संगठनसँग जोडिएको हो ।

उक्त मेल पठाउनेलाई खोज्नका लागि ट्रयाक गर्ने कोसिस भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]