११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १०, २०७८

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यक्रमहरुलाई व्यवस्थित बनाउन निर्देशन दिएका छन्। कार्की ब्याङ्क्वेटमा जारी केन्द्रीय कमिटी बैठकमा उनले आसन ग्रहणका कार्यक्रम लामो हुने गरेको भन्दै व्यवस्थित रुपमा कार्यक्रम संचालन गर्न भनेका हुन्।

उनले कुनै पनि कार्यक्रममा पाँचजनाभन्दा बढी वक्ता नराख्न र आसन ग्रहण पनि छोट्याउन आग्रह गरे।

‘कार्यक्रममा ५ जना भन्दा बढी वक्ता नराखौं नत्र त हाम्रो सभा सम्मेलन नै नहुने भयो। वक्ता वाहेकलाई आसन ग्रहण नगर्ने व्यवस्था गरौं,’ उनले भने।

ओलीले कार्यक्रममा आसन नपाएर कसैले पार्टी छाडे फरक नपर्ने समेत बताए।

‘आसन ग्रहण गर्न नपाएर कसैले पार्टी छोड्यो भने केही छैन। खादा र माला सकेसम्म कम लगाउनु पर्छ। खादा र मालाको बोझ बनाउने होइन। चित्त दुखे सबैको दुख्ला नि,’ उनले भने।

केन्द्रीय कमिटीमा विभिन्न ११ एजेन्डामा छलफल हुँदैछ। हिजोको बैठकमा दुई एजेन्डामा छलफल भएको थियो। आज ९ वटा एजेन्डामा छलफल हुँदैछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]