सप्तरी – मन्थली नगरपालिका– १ बस्ने एक ३२ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। ललाइफकाई गरी जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दैलेख चामुण्डा गाउँपालिका– ४ खारगाउँ घर भई हाल रामेछापको मन्थली नगरपालिका– १ मा बस्दै आएका वर्ष ३७ वर्षीय रुकुम बुढालाई पक्राउ गरेको हो।
पक्राउ परेका बुढाले युवतीलाई चिया खान जाऊँ भनी ललाइफकाई रामेछाप नगरपालिका– ८ डुम्रीखर्कस्थित कालीआँप भन्ने स्थानमा रहेको एक बाख्रा फर्ममा लगेर जबर्जस्ती करणी गरेका थिए। जबर्जस्ती करणीपछि उनले युवतीलाई घटनाको विषयमा कसैलाई भने ज्यान मार्ने धम्की दिएका पीडित युवतीले घटनापछि आफन्तलाई जानकारी गराएकी थिइन्। आफन्तको सल्लाहअनुसार पीडित युवतीले जिल्ला प्रहरी कार्यालय रामेछापमा युवकको नाममा जबर्जस्ती करणी उद्योगमा किटानी जाहेरी दिएकी थिइन्।
किटानी जाहेरीपछि प्रहरीले आरोपित बुढालाई मन्थली नगरपालिका– १ भैश्वेश्वर चोकबाट बिहीबार पक्राउ गरेको हो। उनलाई जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता गरी रामेछाप जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए।