१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र ११, २०७८

काठमाडौं – सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सरकार पुग्न नसको ठाउँमा सहकारी पुगेर काम गरेको बताएका छन्।

डडेलधुराका कृषि सहकारीले त्यहाँका ६८ घर राउटेलाई पनि स्थायी बसोबास गर्ने ठाउँ निमार्ण गर्न सहयोग गरेको उनले बताए।

राउटेका बालबालिका तथा युवालाई सहकारीले नै सिप सिकाएर रोजगारी प्रदान गर्ने र विद्यालय पठाउनेको लागि प्रेरणा दिने गरेको उनले बताए।

शुक्रबार भएको प्रभम राष्ट्रिय अर्थशास्त्री सम्मेलनमा उनले चेपाङ समूदायलाई पनि सहकारीले स्थापित गराउन सफल भएको बताए। उनले भने, ‘६ महिनाभन्दा बढी खाना खाने खाद्यन्नको समस्या भएर गिठ्ठा भ्याकूर खाने चेपांङ समुदायलाई सहकारीले आफूसँग आवद्ध गराएर आत्मनिर्भर बनाउन सफल भएको छ।’

अहिले नेपालमा ३० हजारभन्दा धेरै सहकारी सञ्चालनमा रहेको उनले जानकारी दिए। त्यसमा ७३ लाखभन्दा धेरै सदस्यहरु रहेका छन्। जसमा ५६ प्रतिशत महिलाको सहभागिता रहको छ। नेतृत्वमा ४० प्रतिशत महिला रहेको कँडेलले बताए।

सहकारी क्षेत्रमा हालसम्म सात खर्ब रुपैयाँ पूँजी परिचालित छ। पाँच अर्ब बचत, एक खर्ब सेयर, एक खर्ब कोषको रकम रहेको उनले जानकारी दिए। यसले एक लाखभन्दा धेरैलाई प्रत्यक्ष रुपमा रोजगारी सृजना गरेको र १० लाखभन्दा धेरैलाई अप्रत्यक्ष रुपमा रोजगाी कँडेलले बताए।

वित्तीय कारोबार गर्ने सहकारीहरु १४ लाख र कृषिक्षेत्रमा कारोबार गर्ने सहकारी संस्थाहरु १० हजारभन्दा बढी रहेको उनले बताए। यसैगरी, दुग्ध सहकारीहरु १७ सयभन्दा धेरै रहेका छन्। बहुउद्देश्य र अन्य प्रकृतिका संस्थाहरु पनि रहेको उनले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]