जनकपुरधाम – जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद साहमाथि जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् ।
सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद साह ईश्वरपुर नगरपालिकाको युवा क्लव उद्घाटन कार्यक्रममा जाँदा जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेका थिए ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेपछि जसपा र जनमतका कार्यकर्ताबीच झडप भएको थियो ।
जनमतका कार्यकर्ताको आक्रमणमा परी सांसद साहको टाउको फुटेको छ । उनलाई उपचारका लागि बयलबासस्थित अमृत हेल्थ केयरमा लगिएको छ ।
सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद साहका अंगरक्षक (सुरक्षागार्ड) समेत घाईते भएका छन् । उनको पनि उपचार भइरहेको छ । घटनामा संलग्न कोही पनि पक्राउ पर्न सकेका छैन ।