विराटनगर – मोरङको बेलवारीमा चाँदीको गर गहना लुटपाटमा संग्लग्न आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–३ का २५ बर्षीय सबिन विश्वकर्मा, बर्दिबास नगरपालिका–१ का ३४ बर्षीय मनोज ठाकुर, रौतामाई गाउँपालिका–६ उदयपुरका २४ बर्षीय बिशाल वि.क. र ईटहरी–५ का २४ बर्षीय बादल बि.क. रहेका छन् ।
सोही नगरपालिकाका वडा नम्बर ४ को बेतना सिमसार क्षेत्रमा गत मंगलवार उनीहरु पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीको १३ किलो चाँदीका गर–गहना लुटपाट गरेको थियो । घटनामा संग्लग्न फरार रहेको थप एक जनाको खोजतलास तथा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।