काठमाडौं – नेपालमा एकै दिन थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ९५ पुगेको छ।
११ वटा जिल्लाका ४ महिला र ८ पुरुष गरी १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मोरङमा ५६ र ६५ वर्षीया महिला, भक्तपुरमा ६५ र मकवानपुरमा ७१ वर्षीया गरी चार महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
यस्तै, उदयपुरका ५२ वर्षीय, पर्साका ७२, धनुषाका ४५, सिरहाका ५५, झापाका ८३, चितवनका ५१, कास्कीका ५२ र रुपन्देहीका ६० वर्षीय पुरुषहरु छन्।
यसअघि बिहिबार आठ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा मृत्युदर शून्य दशमलव ५३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।