०८ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र १२, २०७७

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ। गत २४ घण्टामा मात्र ९ सय २७ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
३ सय ३४ महिला र ५ सय ९३ पुरुष गरी ९ स २७ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

प्रदेश १ को इलाम, उदयपुर र ओखलढुंगाका १÷१, झापाका १५, पाँचथरका २, मोरङका ४७, संखुवासभाका २, सुनसरीका ४१ र सोलुखुम्बुका १ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश २ को धुनषाका २०, पर्साका १, बाराका ४, महोत्तरीका १३, रौतहटका २१, सप्तरीका ७, सर्लाहीका १३ र सिरहाका १२ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय ५० जना संक्रमित भेटिएको छ। मन्त्रालयका अनुसार काभ्रेमा १७, चितवनमा २६, धादिङमा १६, नुवाकोटमा ३, भक्तपुरमा ५४, मकवानपुरमा ५१, रसुवामा १, ललितपुरमा ११, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा २ जनामा कोरोना पाइएको छ।
गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा १, तनहुँमा ४, नवलपरासी पूर्वमा ११, लमजुङमा २ र बागलुङमा १ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले जानकारी दिए।

कोरोना भेटिनेमा प्रदेश ५ को अर्घाखाँचीका २, कपिलवस्तुका २, दाङका १, नवलपरासीका २, बर्दियाका २, बाँकेका ३६ र रुपन्देहीका ७२ जना छन्।
यस्तै, कर्णाली प्रदेशको जुम्लामा ६, दैलेखमा ११ र सल्यानमा ३, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १, कैलालीमा ११ र डोटीमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १६ हजार १९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा कोरोनाको आशंकामा १० हजार २ सय २९ जनाको पिसिआर परीक्षण गरिएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ६ लाख ५८ हजार १ सय १० पुगेको छ। हाल ८ हजार ९ सय ३९ व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]