सप्तरी – राजबिराज जेसिसद्वारा आईतवार सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर २ मा अबस्थित जेसिस आधारभुत बिधालय पौवाका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ ।
जेसिस सप्ताहा अन्तरगतको चौथो दिन राजबिराज जेसिसले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको हो । कार्यक्रम अन्तर्गत १ देखि ७ कक्षामा अध्यानारत ७ जना बिद्यार्थीलाई झोला, औजार बकस, कापी, पेन्सिल, ईलेजर लगायत शैक्षिक सामाग्री बितरण गरिएको थियो । राजबिराज जेसिस २०२० का अध्यक्ष नानिमैया कटवालको अध्यक्षता तथा बिधालयका प्रधानाध्यापक राज कुमार सुनरैतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कक्षा ७ कि पुनिता कुमारी यादव, ६ का राज कुमार मण्डल, ५ कि किरण कुमारी दास, ४का दिपेश कुमार यादव, ३ कि अन्सु कुमारी दास, २ का विशाल कुमार यादव र कक्षा १ कि अनु कुमारी यादवलाई सो शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।
बिधालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानाध्यापक सुनरैत, जेसिस अध्यक्ष कटवाल, पुर्व अध्यक्ष मनोहर पोखरेल, पत्रकार बृजमान तामाङले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरे । कार्यक्रममा पढाईमा विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले प्रथम हुनेलाई शैक्षिक सामाग्री प्रदान गरिएको राजबिराज जेसिसले जनाएको छ । राजबिराज जेसिसका महासचिव खेलानन्द दासद्वारा संचालित कार्यक्रममा कार्यक्रम संयोजक राजेश मण्डलले गरेका थिए भने कोषाध्यक्ष सिद्वार्थ तातेडले धन्यवाद ज्ञापन गरेका थिए ।
विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण कार्यक्रममा उपाध्यक्ष रंजना चौधरी, सदस्यहरु अनिसा ठाकुर, बिध्या यादव लगायत समेत उपस्तिथि रहेको थियो । सप्ताह ब्यापी कार्यक्रम अन्तरगत सोमबार पाचौं दिन सुरुङ्गा नगरपालिकामा स्वास्थ्य सामाग्री बितरण कार्यक्रम रहेको अध्यक्ष कटवालले जानकारी दिईन ।