सप्तरी – विगत लामाे समयदेखि बन्द रहेकाे कुनाेलि नाका खुलाउन अाज सप्तरीको कुनाेलि नाकामा १ घण्टा धर्ना दिएका छन ।
नेपाल भारत खुला सिमा सम्बाद समूहद्बारा प्रदेश नम्बर २ अन्तगृगत सप्तरीकाे तिलाठि काेईलाडि गाउँ पालिकाकाे तिलाठि बेल्ही भन्सारमा बाेडर खाेल्नु पर्ने माग गर्दै १ घण्टा धर्ना कार्यक्रम गरिएकाे हाे ।साे धर्ना कार्यक्रममा जनता समाजबादि पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा सासद मनीस कुमार सुमन , जसपा नेपाल केन्द्रीय सदस्य तथा नेपाल भारत खुला सिमा सम्बाद समूहका केन्द्रीय सदस्य गजेन्द्र कुमार मण्डल , राजबिराज नगरपालिकाका प्रमुख शम्भु यादब ,तिलाठि काेईलाडि गाउपालिकाका अध्यक्ष सतीश कुमार सिंह , जसपा जिल्ला अध्यक्ष सुनिल कुमार झा , नेता गुडु देब लगायत स्थानीय नेता तथा स्थानीय समुदायहरुकाे उपस्थिति रहेकाे थियाे ।
यस्तै २ दिन भित्र साे नाका नखुलेकाे खण्डमा मङ्सिर २४ गतेदेखि अनिश्चितकालीन धर्ना लगायतका कार्यक्रमहरु गर्ने जसपाका केन्द्रीय सदस्य गजेन्द्र मण्डलले जानकारि दिनुभयो ।