०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २२, २०७७

सप्तरी – प्रधानमन्त्रीज्यू, राज्यले पश्चिम सेतीको सपना देखाउन थालेको शताब्दी पुग्न थालेको छ । पटक–पटक पश्चिम सेती निर्माण हुने हल्ला हुन्छ । निर्वाचनका समयमा सुदूरपश्चिम पुग्ने हरेक राजनीतिक दलका नेताले आफ्नै कार्यकालमा पश्चिम सेती बनाउने घोषणा गर्छन् तर निर्वाचनपछि पश्चिम सेतीको कुरा सुन्न फेरि अर्को निर्वाचन पर्खनुपर्छ । पश्चिम सेतीको सपना देख्दा–देख्दै तेस्रो पुस्ता बूढो भइरहेको छ,’ पश्चिम सेती जलविद्युत् आयोजना निर्माणस्थलसँग जोडिएको डडेलधुराको नवदुर्गा गाउँपालिकाका जनप्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखेको पत्रको अंश हो यो ।

नवदुर्गा मात्र होइन, सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहका जनप्रतिनिधि तथा अन्य सरोकारवालाले यसरी नै प्रधानमन्त्रीलाई पश्चिम सेती निर्माणका लागि दबाब दिन पत्र लेखेका छन् । पटक–पटक पश्चिम सेतीको सपना देखाउने सरकारले यसको निर्माणप्रति चासो नराख्ने गरेको भन्दै सुदूरपश्चिमबाट प्रधानमन्त्रीलाई एक लाख चिठी पठाउने तयारी भइरहेको छ ।

प्रदेशका ८८ स्थानीय तहमध्ये प्रायमा नेकपाको नेतृत्व छ । पश्चिम सेती निर्माणका लागि दबाबमूलक अभियान सञ्चालन गरिरहेको ‘बोलन्या थली’ नामक गैरसरकारी संस्थाले प्रदेशका सबै स्थानीय तहमा पुगेर जनप्रतिनिधिले लेखेका पत्र संकलन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]