काठमाडौँ – छिमेकी देश भारतमा कोरोना संक्रमण फेरी बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रलायका अन्सुआर पछिल्लो २४ घण्टामा २ हजार १८३ नयाँ कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पछिल्लो एक दिनमा एक हजार ९ सय ८५ कोरोना संक्रमित निको भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । भारतमा कोरोनाबाट एकैदिन २१४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोरोनाबाट ५ लाख २१ हजार ९६५ जनाको मृत्यु भइसकेको छ ।
अहिले भारतमा कोरोनाको सक्रिय केस बढेर ११ हजार ५४२ पुगेको छ ।