०८ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख ०६, २०७९

निर्माण सुरु गरेको १५ वर्षपछि गुल्मीको रेसुङ्गा विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरको थालेमालेस्थित रेसुङ्गा विमानस्थलको २०६३ सालमा तत्कालीन पर्यटनमन्त्री तथा हाल एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शिलान्यास गरेका थिए ।

आयोजनाका सहायक प्रमुख इन्जिनियर दिनेश परियारले भने, ‘यही वैशाखभित्र परीक्षण उडान हुने गरी काम भइरहेको छ ।’ यसअघि २०७५ साल जेठ २५ गते तारा एयरको विमानले विमानस्थलमा उडान गरेको थियो । विमानस्थलमा विभिन्न चरणका कामहरू फरक–फरक निर्माण व्यवसायीबाट भइरहेका थिए । टर्मिनल भवनसहित कन्ट्रोल टावर नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रो इन्जिनियरिङ विभागमार्फत बोकोई श्रेष्ठ कन्स्ट्रक्सन जेभीले निर्माण गरेको हो ।

विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर ४ करोड ५ लाख २९ हजार ६ सय १० रुपियाँको लागतमा निर्माण गरिएको इन्जिनियर परियारले बताए । त्यस्तै, अर्को महत्त्वपूर्ण धावनमार्ग कालोपत्रे गर्ने काम सकिएको छ । धावनमार्ग ५ सय २० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे गर्ने काम पनि सकिएको उनले जानकारी दिए । कालोपत्रे गर्ने कार्य रौताह हरिहरि जेभीले गरेको उनले बताए । उसले ७ करोड २५ लाख लालगतमा उक्त कार्य गरेको परियारले जानकारी । विमानस्थल निर्माणका लागि आवश्यक एक सय ५६ रोपनी क्षेत्रफल मध्ये स्थानीयवासीको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]