कैलाली – जिल्लामा पानी पुरीको ठेला चलाउदै आएका बलबहादुर रानालाई चक्कु प्रहार गरी घाईते बनाएर फरार रहेका एक युवकलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला अदालतबाट चार वर्ष ११ महिना दुई दिन कैद सजाय तोकिएका गौरीगंगा नगरपालिका वडा नम्बर २ का २७ वर्षीय त्रिभुवन चन्दलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
उनले चौमालामा रहेको पुरानो बजारमा पानी पुरीको ठेला चलाउदै आएका रानालाई चक्कु प्रहार गरी घाईते बनाएका थिए । चन्दलाई २०७५ भदौ २१ गते कैलाली जिल्ला अदालतले कैद सजाय सुनाएको भएपनि उनी फरार रहेका थिए । उनलाई जिल्ला अदालत मार्फत कैद भुक्तानको लागी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए ।