०८ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २२, २०७७

सप्तरी – चलचित्र ‘आदिपुरुष’ मा रावणको भूमिका निभाइरहेका अभिनेता सेफ अलि खानले पौराणिक चरित्र रावणमाथि गरेको टिप्पणी विवादमा परेको थियो।

बलिउड अभिनेता सेफ अलि खानले आफू विवादमा तानिएपछि माफी मागेका छन्।उनले पौराणिक चरित्र रावणमाथि गरिएको आफ्नो टिप्पणीका लागी माफी मागेका हुन्। उनले माफी माग्दै कसैको पनि भावनालाई ठेस पुर्‍याउने उद्देश्य नरहेको बताएका छन्। उनले राम आफ्नो लागि ‘सुपर हिरो’ रहेको प्रतिक्रिया दिए। उनी चलचित्र ‘आदिपुरुष’ मा रावणको भूमिका निभाइरहेका छन्। जसमा अभिनेता प्रभाष रामको भूमिकामा देखिनेछन्।आफ्नो भूमिकामा टिप्पणी गर्दै उनले भनेका थिए, ‘एक राक्षस राजाको भूमिका निभाउनु निकै रोचक छ तर यसमा उनी अलि कम कडा छन्। तर हामी उनलाई दयालु देखाउनेछौं जसमा मनोरञ्जन पनि हुनेछ र उनले सीताको अपहरणका लागि उचित कारण पनि बताउनेछन् कि युद्ध रामसँग बदला लिने उद्देश्यले गरिएको थियो किनभने लक्ष्मणले उनकी बहिनी शूपर्णखाको नाक काटिदिएका थिए।’

यस्तो टिप्पणीपछि खानको चर्को आलोचना भएको थियो। सोसल मिडियामा थुप्रै प्रयोगकर्ताले उनको यो टिप्पणीलाई हिन्दुत्वको अपमान भएको बताएका आरोप लगाए। साथै चलचित्रहरू बहिष्कार गर्न समेत अपिल गरिएको थियो।आफ्नो भनाइ फिर्ता लिँदै खानले माफी मागेका हुन्। उनले ‘आदिपुरुष’ असत्यमाथि सत्यको जितको उत्सव हुने बताएका छन्।हिन्दी, तेलंगुमा छायांकन हुने यो चलचित्रलाई तमिल, मलयालम र कन्नड भाषामा डबिङ गरिनेछ। चलचित्र सन् २०२१ मा मात्र छायांकनमा जानेछ।

तान्हाजी चलचित्रका निर्देशक ओम राउतको निर्देशनमा बन्न लागेको ‘आदिपुरुष’ ११ अगष्ट २०२२ मा प्रदर्शनमा आउनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]