मोरङ स्थित धनपालथान गाउँपालिका वडा नं.-१ गडेरीया चोक स्थितमा नेपालबाट भारततर्फ भन्सार छलिअबैध रुपमा गाई गोरु लगि रहेको पक्राउ परेका छन ।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले छान बिन गर्दा गाई २९ , बाछी १ , गोरु १५ वटा र बाछा २ वटा गरी जम्मा
४७ वटा गाई गोरु (भेटनरी क्वारेटाइनको सिफारिस नभएको) अन्दाजी मुल्य रू.५,२१,०००।– (पाँच लाख एकाईस हजार) बराबरको नियन्त्रणमा लिएको हो ।
कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाए को जिल्ला कार्यालय मोरंगले जनाएका छन ।