प्रहरीले विभिन्न ठाउँबाट बरामद गरेको अवैध सामान र कपडा आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार विराटनगरबाट आठ लाख आठ हजार ५० रूपैयाँ बराबरको तस्करीका कपडा र किराना सामान बरामद गरिएको थियो । भारतबाट भन्सार छली गरेर ल्याइएका सामान र कपडा प्रहरीले बरामद गरेको हो ।