२७ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख १४, २०७९

बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट करिब पाँच करोड मूल्यबराबरको गरगहना र नगद पाँच लाख चोरी भएको छ।

उक्त पसलबाट तीन सय ६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको व्यवसायीहरूले आज पत्रकार सम्मेलन गरेर बताएका छन्।

घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ। सिसीक्यामेरा फुटेज हेरेर अनुसन्धान सुरू गरिएको छ। पसल राख्न भन्दै घर भाडामा लिएर उक्त व्यक्तिहरूले चोरी गरेको आशंका छ।

योगेन्द्र अग्रहरिको घर भाडामा लिएर उनीहरूले कपडा पसल राख्न डेकोरेसनको कामसमेत थालेका थिए। भारतीय नागरिकहरू चोरीमा संलग्न रहेको आशंका छ। कपडा पसल राख्न भाडामा लिएकै घरमा सुन पसल पनि थियो।

सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले यो चोरीको घटना रूपन्देहीमा अहिलेसम्मकै ठूलो भएको बताए। पटकपटक सुनचाँदी पसलमा चोरी हुने घटना भए पनि संलग्नहरू पक्राउ नपरेको व्यवसायीहरू बताउँछन्।

यसअघि सैनामैना रानीबगियामा सुन पसलमा लुटपाट गर्न आएकाहरूले व्यवसायीलाई आक्रमण गरी घाइते बनाएका थिए। बुद्धनगरमा एक महिलाको सुन लुटेको घटना पनि सार्वजनिक भएको थियो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले सुन चोरी गर्नेहरूको खोजि भइरहेको बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]