नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो समयमा पाँच हजार आठ सय ९१ जनाको परीक्षण गरिएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा १७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सो समयमा कोभिड–१९ कै कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय ५१ रहेको छ ।