जबरजस्ती करणीबाट छत्रकोटकी १८ वर्षीया एक किशोरी गर्भवती भएको खुलेपछि छत्रकोट गाउँपालिका ६ का ४३ वर्षीय उमबहादुर नेपाली पक्राउ परेका हुन्।
गएको फागुन २ गते उनले किशोरीलाई जबरजस्ती करणी गरेका पीडितको भनाई छ। बलात्कारपछि फरार रहेका नेपालीलाई यही वैशाख १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
नेपालीले फागुन २ गते स्थानीय एक गोठमा आफूलाई जबरबस्ती करणी गरेको किशोरीले बताएकी छन्।
बलात्कारपछि किशोरीको महिनावारी रोकिएको र परीक्षण गर्दा गर्भ रहेको खुलेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिए।
छोरीको गर्भ रहेको मेडिकल रिपोर्टले देखाएपछि मात्रै अभिभावकले प्रहरीमा बलात्कारको उजुरी दर्ता गरेका हुन्।
नेपालीलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।