सप्तरीका बोदे बर्साईन नगरपालिका वडा नम्बर ७ हैंठीका अग्निपीडित परिवारलाई सोमबार धर्मी हल्फा महिला बिकास क्ल्वले राहत बितरण गरेका छन ।
क्लवका अध्यक्ष समाजसेवी ईन्जिनियर सुर्य नारायण यादव हैँठी गाउँ पुगेर अग्निपीडित परिवारलाई राहत प्रदान गरेको हो ।घरमा आगलागी भई आहत भएका रामकृपाल राउतको परिवारलाई त्रिपाल, झुल, धोती, भाँडाकुँडा लगायतका राहात सामाग्री बितरण गरेको जनाएको छ ।
कार्यक्रममा बोदे बर्साईन नगरपालिका नगर प्रमुख आतेष कुमार सिंह यादव , ईलाका प्रहरी बोदे बर्साईन कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक अयोध्या शरन यादव, पत्रकार लोकेन्द्र प्रसाद यादव , समाजसेवी ओम प्रकाश ठाकुर, बद्री गडेरी,सजित यादव लगायतका स्थानीय बुद्धिजिविहरुको उपस्थित रहेको थियो ।