०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र १३, २०७७

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ। गत २४ घण्टामा ८ सय ८४ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२ सय ४२ महिला र ६ सय ४२ पुरुष गरी ८ सय ८४ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

प्रदेश १ को इलाममा १, झापामा २०, धनकुटामा १९, मोरङमा ३१, संखुवासभामा ३ र सुनसरीमा २४ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषाका ४९, पर्साका ७३, बाराका २१, महोत्तरीका २६, रौतहटका ५, सप्तरीका २, सर्लाहीका ८३ र सिरहाका २२ जनामा कोरोना पुष्टि भएको छ।

बागमती प्रदेशको काठमाडौंका १ सय ५५, काभ्रेका १९, चितवनका ५७, दोलखाका १, धादिङका ९, भक्तपुरका १२, ललितपुरका १९, मकवानपुरका ९ र सिन्धुपाल्चोकका १ जनामा कोरोना पाइएको मन्त्रालले जनाएको छ।

गत २४ घण्टामा गण्डकी प्रदेशमा गरिएको परीक्षणमा कास्कीका ३, नवलपरासी पूर्वका २३ र लमजुङका २९ जनामा कोरोना भेटिएको छ।

प्रदेश ५ को कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा १९, नलवपरासीमा १०, बाँकेमा २० र रुपन्देहीमा १६ जनामा कोरोना भटिएको प्रवक्ता गौतमले जानकारी दिए।

यस्तै, कर्णाली प्रदेशको जाजरकोट, जुम्ला, दैलेख र रुकुम पश्चिममा १÷१ र सुर्खेतमा १०, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १७, कैलालीमा १९, दार्चुलामा ३, बझाङमा २६ र बतैडीमा २१ जनामा कोराना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १६ हजार ५ सय ७८ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १० हजार ९ सय ७१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ६ लाख ३९ हजार ५ सय २२ पुगेको छ। देशभर हाल ८ हजार ३५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]