२६ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २०, २०७९

काडमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सय ग्राम सुनसहित एक यात्रु पक्राउ परेका छन्।

जजिरा एअरको विमानमा कुवेतबाट आज मंगलबार बिहान ७ बजे काठमाडौं आइपुगेका रुपन्देहीका २८ वर्षीय सरोज कार्कीलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित समातेको हो।

भन्सार कार्यालयका अनुसार चेकजाँच गर्दा मिक्सरको भित्री भागमा करिब सय ग्राम सुनलाई कालो टेपले बेरेर लुकाएको अवस्थामा बरामद भएको हो।

कार्कीलाई नियन्त्रणमा लिएर घटना अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ।

भन्सार ऐन, २०६४ तथा आर्थिक ऐन, २०७८ अनुसार विदेशबाट नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउन पाउँछन् तर भन्सार कार्यालयमा घोषणा गरी राजस्व तिर्नुपर्छ।

यसैगरी उनले १०० ग्राम सुनको १ लाख ५६५ रुपैयाँ राजस्व तिर्नुपर्थ्याे। तर राजस्व छल्न सुन लुकाएको पाइएकाले उनलाई पक्राउ गरिएको भन्सार कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]