सप्तरी – कोरोना भाइरसको संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
सोमबार राति १०ः५० मा सप्तरी जिल्लाको लक्ष्मीपुर–३ का ४२ वर्षीय पुरुषको मृत्यु भएको बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।
अस्पतालका अनुसार मृतक पहिलेदेखि नै दीर्घ रोगी थिए । अस्पतालले शवको नियमानुसार व्यवस्थापन हुने जानकारी दिएको छ ।