२३ पौष २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख २५, २०७९

काठमाण्डौ – वैदेशिक रोजगार विभागले युरोपका विभिन्न देशमा आकर्षक तलब सुविधासहित वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाई २२ जनालाई ठगी गरेको अभियोगमा एक कन्सलटेन्सी सञ्चालकसहित तीन जना विरुद्ध वैदेशिक रोजगार न्यायाधिकरण मुद्दा दायर गरेको छ ।

पोर्चुगल, स्पेन, फ्रान्ससहितका युरोपका देशमा वैदेशिक रोजगारीमा पठाउने भन्दै २२ जनाबाट २ करोड ८८ लाख ४१ हजार ७ सय रुपैयाँ ठगी गरेको पुष्टि भएपछि उनीहरू विरुद्ध न्यायाधिकरणमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।

प्रतिव्यक्ति १७ लाख ९२ हजार रुपैयाँसम्म लिई ठगी गरेको भनी विभागमा परेको उजुरीको आधारमा वैदेशिक रोजगार विभागले गएको चैत २८ गते जेनियस एजुकेशन एण्ड कन्सलटेन्सी सर्भिस प्रा.लिका सञ्चालक सुजन भट्टराईलाई पक्राउ गरेको थियो ।

विभिन्न देशका विश्वविद्यालयहरूमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई परामर्श दिने उद्देश्यले दर्ता भएको कन्सलटेन्सीले वैदेशिक रोजगार ऐन २०६४ को दफा १० को प्रावधान विपरीत २२ जनाबाट २ करोड ८८ लाख ४१ हजार ७ सय रुपैयाँ ठगी गरेको पुष्टि भएको विभागले जनाएको छ ।

ठगीमा संलग्न कन्सलटेन्सी सञ्चालक बुटवल घर भएका सुजन भट्टराईसहित लमजुङ बेशिसहर घर भएका तर अहिले काठमाण्डौको नयाँ बसपार्कमा होटल सञ्चालन गरी बस्ने ५० वर्षका मेखबहादुर गुरुङ र यकिन ठेगाना नखुलेका सुनिल लम्सालसहितका व्यक्ति विरुद्ध ठगी गरेको २ करोड ८८ लाख ४१ हजार ७ सय र त्यसको हर्जाना बापत १ करोड ४३ लाख २५ हजार ८५० सहित ४ करोड ७ लाख २३ हजार ५० रुपैयाँमा माग दावीसहित मुद्दा दायर गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]