२२ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २६, २०७९

युरोपका विभिन्न मुलुकमा रोजगारीका लागि पठाइदिने भन्दै झन्डै तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागले एक कन्सल्टेन्सीका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले ठगी गरेको आरोपमा जेन्युन एजुकेसन एन्ड कन्सल्टेन्सी प्रालिका सञ्चालक सुजन भट्टराईविरुद्व न्यायाधीकरण मुद्दा दायर गरेको हो । विभागले कन्सल्टेन्सीका सञ्चालक भट्टराईसहित मेखबहादुर गुरुङ र सुनील लम्साललाई पनि ठगी मुद्दामा विपक्षी बनाएको छ ।

ठगीका आरोपी भट्टराई, गुरुङ र लम्साललाई विभागमा खटिएको नेपाल प्रहरी नायब उपरीक्षक नेतृत्वको टोलीले गत चैत २८ गते पक्राउ गरेको थियो । विभागले दिएको जानकारीअनुसार ठगीका आरोपीले पोर्चुगल, स्पेन र फ्रान्ससहितका मुलुकमा वैदेशिक रोजगारीमा लैजाने भन्दै प्रतिव्यक्ति १७ लाख ९२ हजार रुपैयाँ सम्म ठगी गरेको पाइएको छ ।

युरोपको प्रलोभनमा पारेर २२ जनाबाट असुली गरेको दुई करोड ८८ लाख ४१ हजार सात सय र त्यसको ५० प्रतिशत जरिवानासहित चार करोड २३ लाख ५० रुपैयाँ बिगो कायम गरिएको विभागले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]