२२ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २६, २०७९

विष खुवाइएपछि गम्भीर बिरामी परेका सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ का माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवार मो.शेख इस्तिहारको अवस्था सुधार हुँदै गएको छ।

इस्तिहारसहित बिषादी खुवाइएका अर्का एक बिरामीको हाल वीरगञ्जस्थित बयोधा अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।

‘उहाँको अवस्था सुधारोन्मुख छ,’ माओवादी केन्द्रका सर्लाही जिल्ला संयोजकसमेत रहेका हरिवन नगरपालिकाका मेयर पदका उम्मेदवार कमल बुढाथोकीले भने, ‘इस्तिहार र ओमप्रकाश रौनियारको बयोधामा उपचार भइरहेको छ। अन्य बिरामी हरिवनमै उपचाररत हुनुहुन्छ।’

आइतबार बिहान हरिवन–११ मा माओवादी केन्द्रले गरेको घरदैलोको क्रममा वडाध्यक्षका उम्मेदवारसहितलाई विष खुवाइएको आरोप छ। उपचारमा संलग्न चिकित्सकले पनि बिरामीमा विषादीको लक्षण देखिएको बताएका छन्।

विषादी मिसाइएको मिठाइ खाँदा वडाध्यक्षका उम्मेदवार इस्तिहारसहित ६ जना बिरामी परेका छन्। उनीहरुलाई एमाले उम्मेदवारको योजनामा विष खुवाएको आरोप माओवादी केन्द्रले लगाएको छ।

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारले बिरामीबाट विषादीको नमूना लिएर परीक्षणको लागि काठमाडौं पठाउने तयारी भइरहेको बताए। ‘वीरञ्ज लगिएका दुई र हरिवनमै रहेका चार बिरामीबाट नमूना लिएर परीक्षणको लागि आज काठमाडौं पठाउँदै छौँ,’ ताम्राकारले भने। उनले अहिलेसम्म आरोपित कसैलाई पनि पक्राउ नगरिएको बताए।

बिषादी सेवनबाट बिरामी परेका मोहम्मद रिजवान, शेख आरिफ, पुर्णिमा कार्की र दिलीप खड्काको हरिवनकै स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ।

आफ्ना उम्मेदवारलाई मार्ने षड्यन्त्रस्वरुप विषादी खुवाइएको आरोप माओवादी केन्द्र हरिवनले लगाएको छ। अध्यक्ष अर्जुन पन्तले विज्ञप्ति जारी गरी त्यस्तो आरोप लगाएका हुन्। नेपाल कांग्रेस हरिवन नगर समिति र नेकपा (एकीकृत समाजवादी) हरिवन नगर समितिले पनि विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका छन्।

घटनाको बिरोधमा आज माओवादी केन्द्रले हरिवनमा बिरोध प्रदर्शनको तयारी गरेको छ। माओवादी कार्यकर्ताले आइतबार पनि हरिवन बजारमा टायर बालेर प्रदर्शन गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]