१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर २३, २०७७

सप्तरी -कैलालीको त्रिनगर भन्सारबाट यात्रा गर्दा गाडी व्यवसायीले ठग्ने गरेको यात्रुहरूको गुनासो छ । गौफन्टा नाका हुँदै त्रिनगर भन्सारमा गाडीमा चढ्ने गरेका छन् ।

कोरोना संक्रमणले धनगढी बसपार्क नपुगी सिधै भन्सारबाट यात्रुहरू गन्तव्यमा जाने गरेका छन् । मुम्बईबाट अछाम पुगेका रमेश टमाटाको गाडीमा मनलाग्दी भाडा लिन गरेको गुनासो गरे । ‘गौरीफन्टाबाट त्रिनगर पुर्याएबापत दलालले ५ सय भारु लियो, त्यहाँबाट घर आउन गाडी चढ्दा २ हजार ५ सय रुपैयाँ तिर्नुपर्यो’, उनले भने । उनी जस्तै भारतबाट रोजगारी गरी घर आउने सुदूरपश्चिमेलीहरू दिनहुँ गौरीफन्टा नाकामा लुटिँदै आएका छन् । भारतबाट आएका नागरिक राख्ने गौरीफन्टाको होल्डिङ सेन्टरमा प्रहरी खटाइएका भए पनि प्रहरीले समेत पीडितका गुनासा नसुन्ने गरेको उनीहरूको दुखेसो छ ।प्रहरी पनि गाडी मालिक तथा उनीहरूले खटाएका एजेन्टकै कुरा सुन्ने गरेको भारतको मदरासबाट रोजगारी गरी फर्किएका डोटीको दिपायल सिलगढी नगरपालिका २ खुल्लेकका परुवा भुलले बताए । उनले भने, ‘गाडी मालिकले मनोमानी पैसा लिँदैछन्, यसबारे प्रहरीलाई गुनासो गर्दा सुनुवाइ नै भएन, उल्टै हप्काएर पठाए ।’ भाडा बढी लिएको विषयमा गुनासो सुन्ने निकाय नभएका कारण भारतबाट नेपाल आउनेलाई निकै सास्ती हुँदै आएको त्रिनगर आसपासका स्थानीयको मत छ ।

धनगढीदेखि दिपायलसम्म ५५०, अछामको साँफे बगरसम्म ७५५ तथा मङ्गलसेनसम्म ९२५ रुपैयाँ भाडादर तोकेको छ । तर, त्रिनगर भन्सार गेटबाट यहाँका पहाडी जिल्लामा छुट्ने गाडीका चालकले आफूखुसी धनगढीदेखि दिपायलसम्म १ हजार, अछामको साँफे बगरसम्म १ हजार ५ सय र मङ्गलसेनसम्म २ हजार ५ सय रुपैयाँसम्म भाडा लिने गरेको यात्रुहरूको आरोप छ ।थोरै संख्यामा गाडी राखिने तथा भारतबाट आएका नागरिकले बजारमा आएर गाडी चढ्न नपाइने नियम भएका कारण त्रिनगरमा मनोमानी ढङ्गले भाडा लिने गरेको भारतबाट फर्किएका डोटीको बोगटान फुड्सिल गाउँपालिका ३ का लक्ष्मण साउदले बताए ।सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा विगत लामो समयदेखि यात्रुहरू गाडी व्यवसायीबाट ठगिँदै आएका छन् । चर्को भाडा लिँदा आफूहरू ठगिँदै आएको उनीहरूको गुनासो छ । पटक–पटक ठगिएको गुनासो गर्दै आए पनि कसैले त्यसको सम्बोधन नगरेको उनीहरूको भनाइ छ । भारतबाट रोजगारी गरी नेपाल फर्किने अधिकांश यहाँका नागरिक भारतको गौरी फन्टाबाट त्रिनगर पुर्याए बापत दलाललाई रकम दिँदै आएको बताउँछन् ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले यात्रु ठगिएको बारेमा तत्काल जानकारी लिएर छानबिन सुरु गर्न कैलाली जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको बताए । उनले भने, ‘यात्रु ठगिँदै आएको विषयमा जानकारी लिएर छानबिन सुरु गर्न निर्देशन दिएका छौँ, तोकिएको भन्दा बढी भाडा लिएको देखिए कानुनबमोजिम कारबाही हुनेछ ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अनुपम शम्शेर राणाले पनि यात्रु ठग्ने जो कोहीलाई कारबाही हुने दाबी गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]