१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर २४, २०७७

सप्तरी – लोक सेवा आयोगले विभिन्न सेवाका लागि ३६० जना अधिकृतका लागि दरखास्त आह्वान गरेको छ।

आयोगले बुधबार गोरखापत्रमार्फत सरकारका विभिन्न निकायका लागि आवश्यक पर्ने अधिकृत तहका कर्मचारीका लागि विज्ञापन खुला गरेको हो।आयोगले प्रकाशन गरेको विज्ञपान अनुसार कानुन, न्याय तथा सरकारी वकिलतर्फ खुलामा ६७, महिला १८, आदिवासी जनजाति १४, मधेसी ११, दलित ६, आपंग र पिछडिएको क्षेत्रका लागि दुई/दुई जनाका लागि विज्ञपान गरेको छ।त्यस्तै खुलातर्फ सामान्य प्रशासनमा ४४, लेखामा ३४, राजश्वमा ४१, लेखापरीक्षणमा १२ र परराष्ट्र सेवाका लागि एकजना अधिकृत मागेको छ।

महिलाका लागि प्रशासनतर्फ १२, लेखामा ९, राजश्वमा ११, लेखापरीक्षणमा २ जना माग गरेको आयोगले जनाएको छ। त्यस्तै आदिवासी जनजातिका लागि सामान्य प्रशासनमा ९ जना, लेखामा ८, राजश्वमा ९ र लेखापरीक्षणमा दुईजना उम्मेद्वार माग गरेको छ।मधेसी कोटामा प्रशासनमा ८, लेखा ६, राजश्व ८, लेखापरिक्षण २ र परराष्ट्रमा एकजना अधिकृत मागिएको छ। आयोगले दलित काेटामा सामान्य प्रशासनमा तीन, लेखामा दुई, राजश्वमा दुई, लेखापरीक्षणमा एक त्यस्तै अपांगता भएकाका लागि प्रशासनमा दुई, लेखामा दुई, राजश्वमा दुईजना र लेखापरीक्षणमा एक जना माग गरेको छ।सूचनामामा पिछडिएको क्षेत्रका लागि प्रशासनमा दुई, लेखामा एक र राजश्वमा दुईजना माग गरिएको छ।आयोगले फर्म भर्ने म्याद पुष १४ गतेसम्म र दोब्बदर दस्तुर तिरेर २१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ। आवेदन दस्तुर एक हजार रुपैयाँ निर्धारण गरिएको छ भने एकभन्दा बढी समूहमा आवेदन दिनेले थप चारसय रुपैयाँ बुझाउनुपर्ने छ।

सबै सेवाका लागि सम्बन्धित विषयमा स्नातक उत्तीण गरेको हुनुपर्ने आयोगको सूचनामा उल्लेख छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]