०७ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ १४, २०७९

साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ। साउदीको सार्वजनिक सुरक्षा (पब्लिक सेक्युरिटी) ले आफ्ना श्रमिकलाई अरूको लागि काम गर्न पठाएमा कडा कारबाही गरिने चेतावनी दिएको हो।

यस्तै श्रमिकको व्यक्तिगत फाइदाको लागि अन्यत्र काम गर्न अनुमति दिए पनि रोजगारदाता कारबाहीको भागिदार हुनुपर्नेछ। पब्लिक सेक्युरिटीले यसो गरेको पाइएमा प्रत्येक रोजगारदातालाई १ लाख साउदी रियालसम्म जरिवाना र ६ महिनासम्म कैद सजाय हुने चेतावनी दिएको छ। पछिल्लो समय कतिपय रोजगारदाता कम्पनीले आफ्ना श्रमिकलाई अन्यत्र काम लगाउने प्रवृत्ति बढेपछि उसले नयाँ नियम ल्याएको हो।

केही रोजगारदाताले फाइदाको लागि आफ्ना श्रमिकलाई अन्यत्र काममा लगाउने गर्छन्। साउदीको नियमअनुसार सम्बन्धित रोजगारदाताबाहेक अन्यत्र काम गर्न पाइँदैन। यस्तै, पब्लिक सेक्युरिटीले आवास, श्रम र सीमा सुरक्षा नियमको कुनै उल्लङ्घन भएको पाइएमा मक्का र रियाद क्षेत्रमा ९११ नम्बर र अन्य क्षेत्रमा ९९९ नम्बरमा सम्पर्क गरेर उजुरी गर्न आह्वान समेत गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]