पछिल्लो २४ घन्टामा नेपालमा थप १२२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३८ हजार ५६१ जना पुगेको छ।
आइबार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २० हजार ८२२ उपचारपछि निको भएका छन्।
पछिल्लो २४ घण्टामा देभभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो अहिलेसम्मकै धेरै मृत्यु संख्या हो।
योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २२१पुगेको छ।