बङ्गलाचुली गाउँपालिका–८ रानीखुट्टीको जङ्गलमा सिकार खेल्ने क्रममा लमही–१ का २३ वर्षीय कालुराम घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफैँले बोकेको बन्दुक अचानक पड्किएर निधारमा लाग्दा उनको शुक्रबार घटनास्थलमै मृत्यु भएको हो ।
घटनापछि दुई जना नाबालकसहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । सिकार खेल्न गएकाहरुले प्रयोग गरेको चार नाल भरुवा बन्दुक पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले लमही–१ वसन्तपुरका ४० वर्षीय जीवलाल घर्तीमगर, ४५ वर्षीय बुद्धिमान घर्तीमगर, ५० वर्षीय ओमबहादुर घर्तीमगर, मृतकका दाजु २८ वर्षीय मीनबहादुर घर्तीमगर, दिलबहादुर घर्तीमगर, खगेन्द्र घर्तीमगर लगायतलाई पक्राउ गरेको हो ।