जिल्लामा ७ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार मालारानी गाउँपालिका–७, भेडखोराका ३८ वर्षीय कमल महतलाई पक्राउ गरिएको हो ।
उनले बालिकालाई फकाई चकलेट खाने बहानामा गोठमा लगेर जबरजस्ती करणी गर्न खोजेको आधारमा पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
आरोपित महतमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।