सप्तरी – सर्वोच्च अदालतले जग्गाको कित्ताकाट गर्न रोक लगाइदिएको छ ।
यस अघि सरकारले खुला गरेको जग्गाको कित्ताकाटको निर्णयलाई सर्वोच्च अदालतले रोक लगाइदिएको हो ।मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डा। मनोजकुमार शर्माको इजलासले जग्गा कित्ताकाट फुकुवाको निर्णयलाई बदर गरिदिएको हो ।
यस अघि मन्त्रीस्तरीय निर्णयबाट जग्गा कित्ताकाट फुकुवा गरेपछि अधिवक्ता सन्तोष भण्डारी,सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सर्वोच्चले मंगलबार अन्तिम निर्णय दिएको हो ।