नापी कार्यालय भैरहवामा कार्यरत अमिन टेकबहादुर रायमाझीलाई घूससहित नियन्त्रणमा लिइएको छ ।
जग्गाको हालसाविक गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएपछि उनलाई मंगलबार अख्तियारले पक्राउ गरेको हो ।
रायमाझीले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सुचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट टोली परिचालन भएको थियो ।
टोलीले उनलाई घुस लिईरहेकै अवस्थामा ३० हजार रुपियाँसहित पक्राउ गरेको थियो । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा रहेको नापी कार्यालयको क्वार्टरबाट उनी पक्राउ परेका हुन् ।
अख्तियारले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।