०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर २४, २०७७

सप्तरी – अनलाइनमार्फत खानेकुराहरुको डेलिभरी गर्ने प्लेटफर्म ‘फुडमान्डु’ को डाटा ह्याक गर्ने युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । फुडमान्डुको डाटा ह्याक गरेको आरोपमा काठमाडौँबाट १९ वर्षीय दिनेश तिवारी पक्राउ परेका ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले रातोपाटीलाई जानकारी दिए ।

‘अदालतबाट पक्राउ पुर्जी लिएर तिवारीलाई पक्राउ गरेका हौं,’ एसएसपी अर्यालले भने, ‘तिवारीमाथि थप अनुसन्धान भइरहेको छ ।’फुडमान्डुको वेवसाइटका ग्राहकको व्यक्तिगत विवरण चोरिएको प्रकरणमा साइबर ब्यूराले अनुसन्धान थालेको थियो । फुडमान्डुको वेबसाइटमा साइबर आक्रमण हुँदा ५० हजार ग्राहकको व्यक्तिगत विवरण चारी गरेको कम्पनीले जनाएको छ ।साइबर आक्रमण ह्याकरले केबल ग्राहकको व्यक्तिगत विवरण चोरेको थियो । कम्पनकिा अनुसार गतवर्ष भएको साइबर हमलाबाट ह्याकरले ग्राहकहरुको नाम, ठेगाना, इमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत विवरणहरुमा अनाधिकृत पहुँच बनाएको हो ।

यसअघि २२ मंसिरमा ब्यूरोले लोकसेवाको सर्भर ह्याक गरेर ९ हजार एसएमएस पठाउने ३ जना पक्राउ गरेर सार्वजनिक गरेको छ । ब्यूरोबाट खटिएको टोलीले पोखराबाट २ जना र ललितपुरबाट १ जनालाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]