काठमाडौँ- विवाह पार्टीमा विवाद हुँदा खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ।
सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालीका-८ का धनबहादुर श्रेष्ठमाथि खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले प्रक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डन देउपुरका ३० वषीय शरण पोखरेल, सिन्धुपाल्चोक हेलम्बुका २२ कविराज तामाङ र सिन्धुपाल्चोक हेलम्बुक २० वर्षीय सुजन श्रेष्ठ रहेका छन्।
यही असार १ गते नारायणटारस्थित छिमेकी पार्टी प्यालेस नजिक विवाह पार्टीमा मादक पदार्थ सेवन गरी उनीबीच एकअर्कासँग झगडा भएको र खुकुरी प्रहार गर्दा श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको थियो।
प्रहरीले उनीहरूको साथबाट एक थान हतियार खुकुरी र एक थान मोबाइल फोन बरामद गरेको छ।
पक्राउ परेका ३ जना उपर मुलुकी अपराध (संहिता) ऐन,२०७४ को परिच्छेद-१२ को ज्यान सम्बन्धी कसूर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दिन ५ को म्याद अनुमति लिइ प्रहरी बृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ।