बाजुरा – जिल्लाको पूर्वी उत्तरी भेगमा कालाजारका बिरामी भेटिन थालेका छन् ।
उत्तरी क्षेत्रका चार स्थानीय तहमा कालाजारका बिरामी भेटिने गरेको बूढीनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले बताएका छन् ।
।
कालाजार देखिएपछि थप उपचारका लागि जिल्ला अस्पताल बाजुरा पठाइएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
ती बालकको परीक्षण गर्दा कालाजार देखिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए ।
कालाजार देखिएका बालकलाई जिल्ला अस्पताल बाजुराले थप उपचारका लागि धनगढी पठाएको छ ।
कालाजार कर्णाली नदीसँगै जाडिएको स्वामिकार्तिक खापर, जगन्नाथ, हिमाली गाउँपालिका र बूढीनन्दा नगरपालिकामा देखिने गरेको छ ।
यो भुसुनाको टोकाइबाट हुने र सर्ने रोग हो । कोल्टी क्षेत्रमा दुई वर्ष पहिले कालाजारबाट एक बालिकाको मृत्यु भएको थियो ।
स्वामीकार्तिक गाउँपालिका–५ जेरा बस्ने १३ वर्षीया भाग्य शाहीको उपचारका क्रममा काठमाडौँको कान्ति बाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले त्यो क्षेत्रमा कालाजार रोग देखा परेको बतएका छन् । बिरामीको जाँच र उपचार भने निःशुल्क हुने गर्छ ।
उक्त क्षेत्रमा तीन वर्ष पहिले मलेरिया रोगसमेत देखा परेको थियो ।