०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर २४, २०७७

सप्तरी – लुम्बिनी प्रदेशका ४ जिल्लामा पूर्णखोप घोषणाको तयारी सुरु गरिएको छ । प्रदेश अन्र्तगत रहेको सामाजिक विकास मन्त्रालयले बर्दिया, बाँके, कपिलवस्तु र पुर्वीरुकुमलाई यसै आर्थिक वर्षमा पूर्णखोप जिल्ला घोषणा गर्ने योजना सार्वजनिक गरेसँगै ‘खोज र खोप अभियान’ मार्फत लुम्विनी प्रदेशका ४ जिल्लामा पूर्णखोप घोषणाको चहलपहल सुरु भएको छ ।

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुर्दशन वरालले जिल्लामा आयोजित अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठिलाई भर्चुअल प्रविधिमार्फत सम्बोधन गर्दै चालु आर्थिक वर्षमा प्रदेशका ४ वटा जिल्लालाई पूर्णखोप जिल्ला घोषणा गर्ने योजना सार्वजनिक गरेका छन् ।लुम्बिनी प्रदेशका ८ वटा जिल्लासहित नेपालमा ५८ जिल्ला पूर्णखोप जिल्ला घोषणा भैसकेको छ । बर्दिया जिल्लाका मधुवन, राजापुर, ठाकुरबाबा वाँसगढी नगरपालिका र बढैयाताल तथा गेरुवा गाउँपालिका पूर्णखोप पालिका घोषणा भैसकेका छन् । पूर्णखोप घोषणा हुन बाँकी गुलरिया र बारबर्दिया नगरपालिकामा अभियान शुरु गरी चाँडै पूर्णखोप पालिका घोषणा गरिने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए नेपाल जनसांखिक तथा स्वास्थ्य सर्भेक्षण अनुसार नेपालमा ७८ प्रतिशत वालवालिकाले पूर्णखोप पाएका छन् । गिरीले भने बर्दियामा २ वर्ष मुनीका वालवालिका मध्ये विसिजी ७९ प्रतिशत, डिपिटि हेपाटाईटिस (हिप वी) ७६ प्रतिशत, पिसिवि ७८ प्रतिशत, दादुरा रुवेला ७५ प्रतिशत र जापानिज इन्सेफलाईटिस खोप ८० प्रतिशत वालवालिकाहरुले पाएका छन् । पूर्णखोप घोषणाका लागि बर्दियामा पुष, माघ, फागुन महिना भित्र १५ महिना मुनीका सबै बालबालिका खोज्दै खोप लगाउने तयारी हाम्रो छ । कोभिडको त्रास कायमै रहेपनि स्वास्थ्य मापदण्ड सहित सामाजिक दुरी कायमगर्दै कार्यक्रम अघि बढाउने तयारी स्वास्थ्य कार्यालयको छ ।चैत्र महिनासम्म खोप लगाए नलगाएको सर्भेक्षण गर्दै खोप नलगाएका बालबालिकालाई पुन: खोप लगाउने कार्यक्रम छ । गिरीले थपे,’ आगामी वैशाख महिनाको अन्त्यसम्म बर्दियालाई पूर्णखोप जिल्ला घोषणा गर्छौं।’

यसका लागि सबै अभिभावकहरुको सहयोग अपरिहार्य छ । भचुअल गोष्ठिमा बर्दियाबाट सहभागी लुम्विनी प्रदेश सांसद तिलकराम शर्मा, कुलप्रसाद पोख्रेल, कविराम थारु, स्थानियतहहरुका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत ८ वटै पालिकाका प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखाका प्रमुखहरुले तोकिएको समयमै बर्दियालाई पूर्णखोप जिल्ला घोषणा गर्ने प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]