०९ पौष २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, आषाढ ०८, २०७९

सिलिगुडी — यो एक दशकमा रेलको ठक्करबाट भारतमा १ सय ८६ वटा हात्तीको मृत्यु भएको छ । पूर्वोत्तर भारतको असम, पश्चिम बंगाल र उत्तराखण्डमा सबभन्दा धेरै हात्ती रेलको ठक्करबाट मारिएको भारतको केन्द्रीय वातावरण मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम द हिन्दुले जनाएको छ ।

रेल दुर्घटना न्यूनीकरणका लागि भारतको केन्द्रीय वातावरण र रेल मन्त्रालयले नयाँ योजनाको तयारी गरिरहेको छ । असम, पश्चिम बंगाल र उत्तराखण्डका राज्य सरकारहरू पनि यसबारे गम्भीर बन्दै दुर्घटना कम गर्ने दिगो उपायको खोजीमा छन् ।

भारतीय वन्यजन्तु संस्थानले पर्यावरण मन्त्रालय र भारतीय रेल्वेका अधिकारीहरूसँग प्रारम्भिक चरणको छलफल गरिसकेका छन् । वन्यजन्तु संस्थानका वैज्ञानिक र परियोजनाका एक नेता बिलाल हबिबले भने, ‘दुर्घटना कम गर्ने खाकासहितको मस्यौदा कागजात अर्को महिना तयार हुनेछ ।’ वन्यजन्तु संस्थानले गरेको प्रारम्भिक अध्ययनअनुसार असम, पश्चिम बंगाल र उत्तराखण्ड सबैभन्दा धेरै हात्ती संख्या भएका राज्यहरू हुन् । ‘तर, अहिले यी राज्यहरू सबैभन्दा बढी मृत्यु हुने राज्यहरू बन्दै जानु दुर्भाग्य हो,’ हबिबले भने ।

रेल लिकका ढलानहरू हात्तीहरूका लागि कठिन क्षेत्र मानिन्छन् । जब जनावरहरूले रेलको लिक पार गर्ने प्रयास गर्छन्, तब लिकमा खड्किएर पासोमा परेझैं हुन्छन्। हात्तीलाई लिक पार गरेपछि ओर्लन धेरै समय लाग्ने गर्छ । जसका कारण रेलले ठक्कर दिने जोखिम बढेको विज्ञहरूको भनाइ छ ।

‘वर्षमा एक या दुई हात्ती त रेल ठक्करबाट मारिएकै हुन्छन्,’ भारत पश्चिम बंगालका एक वन अधिकारीले भने ।। संसद्मा उठेका प्रश्नहरूको जवाफमा सरकारले सम्भावित जोखिम क्षेत्रहरूको पहिचान गरी बार लगाउने, हात्ती करिडोरका बारेमा चेतावनी दिन संकेत बोर्ड राख्ने, रेल चालक दल र स्टेसन मास्टरहरूलाई संवेदनशील बनाउने जस्ता उपायहरू सुझाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]