सप्तरी – झापा र मोरङको सीमानाका एरियाबाट अवैध रुपमा भन्सार छली गरी ल्याएका करिव तिन लाख मूल्य बराबरको लत्ता कपडाहरु बरामद गरिएको छ ।
विशेष सुराकीका आधारमा हिजो (मंगलवार) राती १० बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले भारतीय बजार पानीट्यांकीबाट खरिद गरी भन्सार छली गरेर ल्याएको १ लाख ४ हजार मुल्य बराबरको बिभिन्न आइटमका लत्ता कपडाहरु मेचीनगर-७ सतिघट्टा एरियाबाट बरामद गरेको हो ।यसै गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज दिउसो साढे १२ बजे भन्सार छली ल्याएका २ लाख मुल्य बराबरको थर्मकोट बरामद गरेको छ विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले विराटनगर-१७ मटेरूवा बस्ने जसिम कुजराको घरबाट उक्त परिमाणको थर्मकोट फेला पारी बरामद गरेको हो ।भारतिय बजार जोगबनीबाट लत्ता कपडा खरिद गरी भन्सार छली गरेर घरमा ल्याई भण्डार गरेर राखिएको भन्ने विशेष सुचना पाईपछी कुजराको घरमा खानतलासी गर्दा लुकाइ छिपाइ राखिएको अवस्थामा १ सय ४७ सेट थर्मकोट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
दुबै स्थानबाट बरामद गरिएको लत्ता कपडाहरु आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा बुझाउने तर्फ कानुनी कारबाही भईरहेको छ ।