३० आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, साउन २८, २०७९

काठमाण्डौ – हिजो राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेकी निहारिका राजपुतको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गर्नुभएको छ । 

आज कानुनमन्त्री गोविन्द प्रसाद शर्मा कोइराला र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई बोलाएर राष्ट्रपति भण्डारीले निहारिकाको विषयमा ध्यानाकर्षण गराउनुभएको हो । 

कानुनमन्त्री र महान्यायाधिवक्तासँग नियमित परामर्श गर्ने क्रममा आज भएको भेटमा राष्ट्रपति भण्डारीले निहारिकाको सन्दर्भमा गम्भीरतापूर्वक चासो व्यक्त गर्नुभएको राष्ट्रपतिका सञ्चार विज्ञ टिका ढकालले बताउनुभयो । 

राष्ट्रपति भण्डारीको चासोपछि कानुनमन्त्री कोइरालाले निहारिकाको विषयलाई सरकारले गम्भीरताका साथ लिएको भन्दै थप पहल गर्ने बताउनुभएको पनि ढकालले बताउनुभयो । 

मन्त्री कोइरालाले निहारिकाको मुद्दामा फैसला गर्ने न्यायाधीशविरुद्ध कारबाही प्रक्रिया अघि बढिसकेको पनि जानकारी गराउनुभएको छ । ९ दिनदेखि बसन्तपुरमा अनसनरत निहारिका राजपुतले हिजो राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गर्नुभएको थियो । तर शरीरमा पेट्रोल छर्किसकेपछि प्रहरीले रोकेका कारण अप्रिय घटना हुनबाट जोगिएको थियो । 

निहारिकाले आफूमाथि बलात्कार गर्ने व्यक्तिलाई पक्राउ गर्नुपर्ने र बच्चाको डीएनए टेस्ट गर्नुपर्नेलगायतका माग राख्नुभएको छ । आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्बिर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको बताउँदै आएकी निहारिकाले घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः जाँच गरिनुपर्ने माग गर्नुभएको छ । 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]