काठमाडौँ – सिंहदरबार मन्त्रिपरिषदको नियमित बैठक बसिरहेको छ ।
सिंहदरबार जारी बैठकमा आसन्न निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न निर्णयहरु गर्न लागिएको स्रोतले जनाएको छ । बैठकमा मन्त्रालयगत विभिन्न एजेण्डामा छलफल गर्ने तयारी भएको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार मंसिर ४ मा हुने आम निर्वाचनको सुरक्षा रणनीति, कर्मचारी व्यवस्थापन, सरुवा, बढुवा, तथा नियुक्तिको निर्णयको कार्यसूची रहेका छन् । बैठक बिहान १० बजेदेखि जारी छ । त्यस्तै विभिन्न सहायता सम्वन्धि निर्णय समेत हुने बताइएको छ ।