सप्तरी – सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र साहलाई १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको डि.एस.पी मान बहादुर राईकाे टोलीले उनलाई मंगलबार कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो ।
निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा खटिएको टोलीले ईन्जिनियर साहलाई पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । ईन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको उनले जानकारी दिएका छन ।