सप्तरी – सप्तरी रुपनी गाउँपालिका वडा नम्बर ६ का समाजसेवी तथा ने.क.पा.एमाले का रुपनी गाउँपालिका सचिव रंजित भगत द्वारा प्यारालाइसिस भई मृत्यु भएका मुसुकलाल सरदारको परिवार लाई राहत वितरण गरिएको छ ।
रुपनी गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएका स्वर्गीय मुसुकलाल सरदारको गत जेस्ठ २७ गते प्यारालाइसिसका कारण उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको थियोे। मृतक सरदारको घरको आर्थिक अबस्था एकदमै नाजुक भएको र साझ बिहान चुलो बाल्न धौ धौ भएको अबस्थालाई मध्यनजर गर्दै राहात वितरण गरिएको हो। मृतक कि श्रीमति उर्मिला देबी सरदार लाई निजकै घरमा गएर खाद्यान्न सामाग्री हरु : चामल ,दाल ,नुन ,तेल ,भुजा ,साबुन लगाएत का सामग्री हस्तान्तरण गरिएको मृतककी श्रीमती उर्मिला सरदारले जानकारी दिए ।
सबै खुसियाली भएर रमाउने तर आफ्नै वडा भित्र बसोबास गर्ने निज सरदारको परिवारले खुसि का साथ् बस्न सकुन भन्ने उदेश्यले उक्त खाद्यान्न सामाग्री वितरण गरिएको समाजसेवी रंजित भगतले जानकारी गराए ।
साथै आगामी दिनमा यस्तै बिपन्न नागरिकको पहिचान गरि सक्दो राहात दिने तथा राहातको पहल गर्ने समेत उनले बताए ।