एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा ब्राजिल विजयी भएको छ ।
गएराति भएको खेलमा ब्राजिलले गुएनालाई ४–१ गोल अन्तरले पराजित गरेको हो । ब्राजिलका लागि २७ औं मिनेटमा जोलिनटनले गोल गर्दै अग्रता दिलाएका थिए ।३० औं मिनेटमा रोड्रिगोले गोल गरेपछि ब्राजिल २–० ले अघि बढ्न सफल भयो ।
३६ औं मिनेटमा गिनीका सेर्होउ गुइरासले गोल गरेपछि अन्तर २–१ मा झरेको थियो । पहिलो हाफमा २–१ को अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा अरु २ गोल थप्न सफल भयो । ४७ औं मिनेटमा इडर मिलिटाओले गोल गरेपछि ब्राजिल ३–१ ले अघि बढ्न सफल भयो ।
८८ औं मिनेटमा भिनियस जुनियरले पेनाल्टी मार्फत गोल गरेपछि अन्ततः ब्राजिल ४–१ गोलको जित निकाल्न सफल भयो ।