काठमाडौं – जापानलाई हराउँदै नेपाली युवा टोली मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ।
शनिबार भएको खेलमा जापानलाई १ सय ४३ रनले हराउँदै नेपाल अपराजित रहँदै उपाधिनजिक पुगेको हो।
नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको जापान ११.५ ओभरमा ४३ रनमा समेटियो।