सप्तरीको प्रहरी नायब उपरीक्षक(डीएसपीमा भुवनेश्वर प्रसाद साह आउने तयारी भएको छ ।
प्रहरी प्रधान कार्यालयले सोमवार ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेपछि साह सप्तरी आउन लागेका हुन । सोमबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले डीएसपी सरुवाको निर्णय गरेका हुन्।
डिएसपी साह यसअघि जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत थिए । साह यसअघि जिल्ला प्रहरी कार्यालय सप्तरीमा मुद्धा फाँटको प्रहरी निरिक्षक(ईन्सपेक्टर) काम गरिसक्नु भएकाले सप्तरीको विषयवस्तु र भौगोलिक अवस्था वारे जानकार छन ।
साहको कार्यकाल सप्तरीमा सफल रहने शुभकामना समेत धेरैले दिसकेका छन । सरुवाको निर्णयसँगै काठमाडौंका केही वृत्तसहित विभिन्न जिल्लाका प्रहरी प्रमुख समेत परिवर्तन भएका छन्। सरुवा भदौबाटै लागू हुने प्रधान कार्यालयले जनाएको छ ।