टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो ।
गणतन्त्र दिवसको अवसरमा गएको जेठ १५ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई बाँकी कैद मिनाहा हुने गरी माफी दिनुभएको थियो । क्रुर, अमानवीय र गम्भीर मानव अधिकार उल्लङ्घनको घटनामा संलग्नलाई राष्ट्रपतिले माफी मिनाहा दिएको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ ।
राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै कडायतले राष्ट्रपतिको कार्यालय शीतलनिवास तथा रेशमलाल चौधरीलाई विपक्षी बनाइ रिट दायर गर्नुभएको थियो । यसअघि गएको १६ गते सर्वोच्च अदालतले सरकारबाट आममाफी पाएका योगप्रसाद ढकाल रिगलको कैद मिनाहालाई बदर गरिदिएको थियो ।
नेपालगञ्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएर जेलमा रहेका रिगललाई सरकारले संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिएको थियो । रिगल फेरि जेल चलान भएका छन् ।